काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय चःमति (वनस्थली)मा अहिले बैठक बसिरहेको छ। प्राकृतिक प्रकोपसहित सिमलताल पहिरो र सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै बैठक सुरु भएको जनाएको छ। बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे पनि निर्णय लिनेछ।