काठमाडौं । नेकपा एमालेले काठमाडौंमा गर्न लागेको जागरण सभाको पूर्वनिर्धारित सभास्थल परिवर्तन गरेको छ । एमालेले शुक्रबार भृकुटीमण्डपमा गर्ने भनिएको सभा दरबारमार्गमा सार्ने भएको छ ।
जागरण सभा संयोजन समितिका संयोजक डा।राजन भट्टराईले पार्टी गर्ने शक्ति प्रदर्शनका लागि निकालिने र्यालीको रुट सार्वजनिक गरेका छन्। उनका अनुसार र्याली भद्रकालीबाट सुरु भएर सुन्धारा, वीर अस्पताल, रत्नपार्क, घण्टाघर हुँदै दरबारमार्गमा पुगेर सभामा परिणत हुनेछ।
एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा मंसिर ७ गते काठमाडौंमा जागरण सभा हुँदैछ ।