काठमाडौं । काठमाडौं जिल्लाकै भौगोलिक रुपमा सबैभन्दा ठूलो रहेको गोकर्णेश्वर नगरपालिकाले पछिल्लो २ बर्षमा भौतिक बिकासको क्षेत्रमा उल्लेख्य काम गरेको छ । नगरले भौतिक पुर्वाधार निर्माणकार्यलाई विशेष महत्वका साथ तिव्र गतिमा अघि बढाएको हो ।
नगर प्रमखुमा दिपक रिसाल निर्वाचित भएरर आईसकेपछि नगरले विकास निर्माणको गतिलाई तिव्रता दिएको हो । युवा नेता रिसालले आफ्नो कार्यकाल भित्र गोकर्णेश्वरलाई एक नमुना नगरको रुपमा स्थापित गर्ने महत्वकांक्षी योजाना बनाएर अघि बढिरहेका छन् । उनले नगरको सबै बडालाई समेटेर देशकै उत्कृष्ट र सक्षम नगरपालिका को रुपमा आफ्नो नगरलाई स्थापित गर्ने लक्ष्य लिएका छन् । त्यसै अनुरुप उनको काम गर्ने रफ्तार पनि तिव्र रहेको छ ।
नगरले नयाँ बडा कार्यालय, नगरपालिका भवन निर्माणको साथै पर्यकटिय गन्तव्यको लागि चैत्य गुम्बाका सुधार तथा पुन निर्माणमा जोड दिएका छन् । हस्पिटल, एम्बुलेन्स तथा विद्यालय भवनको नव निर्माण उनको पहिलो प्राथमिकतामा रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहायता भित्र्याउदै उनले ती विकास निर्माणको कार्यलाई निरन्तरता दिईरहेका छन् ।