काठमाडौं । यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहुप्रतिक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ‘ब्लू स्ट्रिक्स’ एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ ।
‘ब्लु स्ट्रिक्स’ कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोशन र छुटहरूसम्म प्रदान गरि ‘ब्लु स्ट्रिक्स’ ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।