काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योगमा उनलाई ५ बर्षको कैद सजाय सुनाइएको हो ।
यसअघिनै मनाङेलाई उच्च अदालतले दोषि ठहर गरेको थियो । उच्च अदालतको फैसलाविरुद्ध मनाङेले सर्वोच्च अदालतमामा पुनरावेदन रिट दर्ता गरेका थिए । तर, सर्वोच्च अदालतका न्यायाधीसद्वय नहकुल सुबेदी र टेकप्रसाद ढुंगानाको इजलासले जिल्लाको फैसला सदर गरेको छ । उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैदको फैसला सुनाएको थियो ।