कामाडौँ । डिजिटल डोमेनका विभिन्न काम गर्दै आएको सारांशले नेपाली भिडिओ सेयरिङ एप ‘वी टक’ ल्याउने भएको छ। गत ७ गते सारांशका अवधारणा ल्याउने पवन दाहालको स्मृति दिवश मनाइएपछि यो प्याकेज सार्वजनिक गरिएको हो ।
सारांशका संस्थापक क्षितिज दाहालका अनुसार वीटक नाम तय भएको हो । अब क्रमशः भिडिओ सेयरिङ एप बजारमा आउने भएको दाहालले बताए ।८० प्रतिशत काम सकिएको भन्दै उनले एक महिनाभित्र वीटक एप बजारमा आउने बताए । सारांशमा समाचारहरुलाई पनि एआईबाट सारांश गरेर प्रकाशन गर्ने काम हुने दाहालले बताए ।
प्रविधि, नवप्रवर्तन र बजारको माग हरेर काम गर्ने उनले बताए । समाचारका स्रोत र पाठक जोड्ने काम पनि गर्ने भन्दै उनले भने, ‘सारांशले सूचना र समाचारलाई एआई प्रविधिका माध्यमबाट सारांश गरेर पूर्ण स्रोतसहितको समाचार दिन्छ भने सूचना स्रोतबाटै भन्ने अवधारणाले कागेश्वरी मनोहरा वडा नम्बर ९ बाट च्यानल खोलेर परिक्षण गर्दै छ ।