ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

प्रदेशस्तरीय भलिबल प्रतियोगिता शुरु  

   दमौली ।  तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा आजदेखि शुरु प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगितामा मादी गाउँपालिकाले विजय शुरुआत गरेको छ । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका (बि) लाई पराजित गर्दै मादी गाउँपालिकाले विजय शुरुवात गरेको हो । मादीले शुक्लागण्डकी (बि)लाई २५–१७ र २५–१७ को सोझो सेटले हराएको हो ।

खेलाडीलाई खेलतर्फ आकर्षित गराउन र राष्ट्रका लागि दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा १५ पालिकाको सहभागिता छ । प्रतियोगितामा स्याङ्जाको पुतलीबजार नगरपालिका, कालीगण्डकी नगरपालिका, हरिनाश गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, तनहुँको ऋषिङ गाउँपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका, व्यास नगरपालिका र नवलपुरको बौदीकालिका गाउँपालिकाको सहभागिता रहेको प्रतियोगिता व्यवस्थापन समितिका संयोजक दीर्घबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदका साथै शिल्ड र कप प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई रु १० हजार प्रदान गरिने प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कष्ट ब्लकर, उत्कृष्ट डिफेन्डरलाई पनि रु पाँच÷पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

(रासस)


प्रकाशित : २०७७ चैत्र १४, शनिबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप