ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माण अभियान कञ्चनपुरमा

 कञ्चनपुर।  जनस्तरबाट चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियाका लागि धुर्मुस सुन्तली फाउण्डेशनको टोलीले कञ्चनपुरमा आर्थिक सहयोग जुटाउने कार्य गरिरहेको छ । फाउन्डेसनका सञ्चालक सिताराम कट्टेल(धुर्मुस) लगायतको टोलीले दुई दिनअघिदेखि दोधारा–चाँदनी नगरपालिकाबाट शुरुआत गरेको अभियानमा जनस्तरबाट, स्थानीय तह, सङ्घसंस्था, सरकारी कार्यालयलगायतबाट सहयोग रकम सङ्कलनको कार्य उत्साहजनकरुपमा अगाडि बढेको छ ।

सबै क्षेत्रबाट अभियानलाई सहयोग भइरहेको छ । जनस्तरबाट स्वस्फूर्तरुपमा सहयोग रकम उपलब्ध गराउने कार्य भइरहेको छ । स्थानीय तहमा अभियानबारे फाउन्डेसनका सञ्चालक सीताराम कट्टेलले जानकारी गराउने कार्य गरिरहनुभएको छ । स्थानीय तहका जनप्रतिनिधिले अभियानमा साथ र सहयोग दिने प्रतिबद्धतासमेत गरेका छन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आर्थिक अभाव भएका कारण अर्थ सङ्कलनका लागि मेची–महाकाली अभियान सञ्चालन गरिएको फाउन्डेसनका सञ्चलक कट्टेलले बताउनुभयो । “गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको अभियानमा छौँ । यो नितान्त राष्ट्रको अभियान हो”, उहाँले भन्नुभयो, “यस अभियानलाई पूरा गर्न सबैको सहयोग र साथ चाहिएको छ ।”

रङ्गशाला निर्माणको कार्यलाई निरन्तरता दिनका लागि आइपुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार रङ्गशालाभित्र ७७ वटै जिल्लाका कोठा रहने छन् । रङ्गशाला निर्माता कट्टेलले रङ्गशाला खेल्ने र हेर्ने मात्र नभई अध्ययन गर्ने ठाउँका रुपमा समेत विकास गरिने बताउनुभयो । सिङ्गो देशको रङ्गशाला बनोस् भन्नका लागि अभियानलाई निरन्तरता दिँदै आएको छ । “रङ्गशाला निर्माणका लागि रु ४३ करोड खर्च भइसकेको छ”, उहाँले भन्नुभयो, “रु १३ करोडजति उधारोमा काम गरेका छौँ ।” उहाँका अनुसार रङ्गशाला निर्माणको ३० प्रतिशत काम सम्पन्न भएको छ ।

अन्तरराष्ट्रिय खेल मैदानको ८५ प्रतिशत काम पूरा भएको छ । आउँदो वैशाखमा ३० हजार दर्शकले हेर्न मिल्ने गरी पहिलो चरणको प्याराफिट तयार हुनेछ । विसं २०७५ माघ १६ गते भरतपुर महानगरपालिका र फाउन्डेसनबीच गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो ।

अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि रु तीन अर्ब ५५ करोड खर्च लाग्ने लागत अनुमान गरिएको छ । रङ्गशालामा ३० हजार दर्शक अट्ने र १० हजार सवारी साधन पार्किङ गर्ने सुविधा हुनेछ । बाहिर निष्कने चार द्वार निर्माण गरिने छ ।

(रासस)


प्रकाशित : २०७७ चैत्र १४, शनिबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप