ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

ईंग्ल्याण्डलाई नकआउट गर्न स्कटल्यान्डसँग मिलेमतो गर्न सक्ने अष्ट्रेलियाकाे संकेत

काठमाडौं । पछिल्लो खेलमा नामिबियालाई सहजै हराएर सुपर ८ मा स्थान बनाएपछिको प्रेस मिटमा अष्ट्रेलियाका बलर जोस हेजलउडले एउटा ‘खेल भावना विपरीत’ को टिप्पणी गरे । उनले भने, ‘अब हामी ईंग्ल्यान्डलाई विश्वकपबाट नकआउट गराउन स्कटल्यान्डसँगको खेलमा जितको अन्तराललाई म्यानुपुलेट गर्न प्रयास गर्नेछौं ।’

हेजलउडको यो अभिव्यक्तिले विश्वकपमा तरङ्ग उब्जेको छ भने आईसीसी पनि झस्किएको छ । हेजलउडको दाबीजस्तै के अष्ट्रेलियाले स्कटल्यान्डविरुद्धको खेलमा मिलेमतो गर्छ ? अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकपको एउटा बलियो दाबेदार ईंग्ल्यान्ड पनि हो । तर विश्वकपको पहिलो चरणमा दुई म्याच खेल्न बाँकी रहेको ईंग्ल्यान्ड पहिलो जितको खोजीमा छ । स्कटल्यान्डविरुद्ध ईंग्ल्यान्डको पहिलो खेल वर्षाले बिथोलिएको थियो ।

ईंग्ल्यान्डले अब ओमान र नामिबियामध्ये एक टीमसँग हार्‍यो भने उसको सुपर ८ मा पुग्ने सम्भावना समाप्त हुनेछ । तर दुवै खेल जित्यो भने नेट रनरेटका आधारमा ईंग्ल्यान्ड र स्कटल्यान्डमध्ये एउटा सुपर ८ मा जान्छन् । यी दुई टिमको भवितव्य अष्ट्रेलियाको हातमा छ । यदि अष्ट्रेलियाले स्कटल्यान्डमाथि फराकिलो जित हासिल गर्‍यो भने ईंग्ल्यान्डको भाग्य खुल्न सक्छ । यदि अष्ट्रेलियाले साँघुरो जित निकाल्यो भने स्कटल्यान्डको सम्भावना बढ्छ । यदि अष्ट्रेलिया हार्‍यो भने ईंग्ल्यान्ड सोझै नकआउट हुन्छ ।

हेजलउड टिमका कप्तान नभएर एक खेलाडी मात्र हुन् । तर, प्रेसमिटमा अष्ट्रेलिया टिमकै तर्फबाट बोल्न उपस्थित थिए उनी । उनको अभिव्यक्तिले अष्ट्रेलियाले कतै ईंग्ल्यान्डलाई घर पठाउने चक्करमा खेल भावना विपरीतको रणनीति बनाएको त होइन भन्ने आशंका उब्जेको छ ।यदि साँच्चै नै अष्ट्रेलियाले स्कटल्यान्डसँग हारेमा वा साँघुरो जित निकालेमा गम्भीर प्रश्न खडा हुन सक्छ । म्याच अफिसियलहरुले कारबाहीका लागि सिफारिस गर्न सक्नेछन् ।

खेलमा साँच्चै मिलेमतो भएको हो कि होइन भनेर निर्णय लिनु अम्पायरहरूको लागि अप्ठेरो काम हो । राम्ररी खेल्दाखेल्दै पनि हार्न सकिने वा कठिन जित निकाल्ने सम्भावना हुन्छ नै ।नियतवश नै त्यसो गरेको हो भनेर ठहर्‍याउने काम चुनौतीपूर्ण हुन्छ । त्यसमाथि अष्ट्रेलियाले आफू सुपर ८ मा पुगिसकेको हुँदा अन्तिम खेलमा केही प्रमुख खेलाडीलाई रेस्ट दिने सम्भावना पनि छ ।


प्रकाशित : २०८१ जेष्ठ ३१, बिहीबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप