काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषयमा सरकारको जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बैठकमा भिसा प्रक्रियामा सरकारले गरेको पहलबारे सदनलाई जानकारी गराउन माग गरे ।
उनले भने, ‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो ? सदनलाई जानकारी गराइयोस् ।’
विश्वकप खेल्न जानको लागि दुई पटक अन्तर्वार्तामा बोलाउँदा पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।भिसा अस्वीकारपछि सरकारले पनि पहल गरेको भए पनि सफल हुन सकेन ।