ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स, आइपीएल बाट आउट

काठमाडौं । ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपीएल) २०२४ को प्लेअफको दौडबाट बाहिरिने पहिलो टोली बनेको छ । बुधवार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्सलाई १० विकेटले पराजित गरेसँगै मुम्बई इन्डियन्समा दुई खेल अगावै प्लेअफको दौडबाट बाहिरिने पहिलो टोली बनेको हो । जितसँगै हैदरावाद १२ खेलमा ७ खेलमा जित र ५ खेलमा हारसहित १४ अङ्कसहित तेस्रो स्थानमा उग्लिएको छ । कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स समान १६ अङ्कसहित पहिलो र दोस्रो स्थानमा छन् । आइपीएलमा शीर्ष ४ मा पर्ने टिमले प्लेअफमा स्थान बनाउनेछन् ।

१२ खेल खेलको मुम्बई ४ खेलमा जित र ८ खेलमा हार सहित ८ अङ्कसहित नवौँ स्थानमा छ । मुम्बई अब दुई खेल खेल्न बाँकी छ । दुवै खेल जितेमा पनि मुम्बईको १२ अङ्क हुन्छ । पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका टोलीको अङ्क १२ भन्दा बढी भएकाले मुम्बईले दुवै खेल जित्दा पनि त्यो स्थान प्राप्त गर्न सक्दैन ।११ खेलबाट ६ खेलमा जित र ५ खेलमा हार बेहोरेको चेन्नई सुपर किंग्स १२ अङ्कसहित चौथो स्थानमा छ । समान १२ अङ्कसहित दिल्ली क्यापिटल्स पाँचौं र लखनउ सुपर जाइन्ट्स छैटौँ नम्बरमा छन् ।दिल्ली र लखनउबिचको खेल मे १४ मा हुँदै छ । यी दुई टिममध्ये जुन टिमले जितेपछि अङ्क १४ पुग्नेछ ।
खेल रद्द भएमा पनि अङ्क १३ हुन पुग्नेछ । मुम्बईको दुवै खेल जित्दा पनि १२ भन्दा बढी अङ्क हुँदैन । त्यस कारण मुम्बई दुई खेल अगावै प्लेअफको दौडबाट बाहिरिएको हो ।५ पटकको च्याम्पियन मुम्बईको यो सिजनको कप्तानी हार्दिक पान्ड्याले गरेका थिए । ५ पटक च्याम्पियन बनाएका कप्तान रोहित पौडेललाई परिवर्तन गर्दै मुम्बई यो सिजनमा हार्दिकलाई कप्तान बनाएको थियो । हार्दिकले यसअघि कप्तानी गरेको गुजरात टाइटन्स एक पटक विजेता र एक पटक उपविजेता बनेको थियो ।पहिला ३ खेलमा लगातार पराजित हुँदै खराब सुरुआत गरेको मुम्बईले पछि पनि पुनरागमन गर्न सकेन । मुम्बईले २०१३, २०१५, २०१७, २०१९ र २०२० मा आइपिएलको उपाधि जितेको थियो ।


प्रकाशित : २०८१ बैशाख २७, बिहीबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप