काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । नेपालका लागि कुशल भुर्तेलले तेस्रो सफलता दिलाएका हुन् । दशौं ओभरको अन्तिम बलमा कुशलले वेष्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजलाई आउट गरेका हुन् । उनी २३ रनमा बोल्ड आउट भए ।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले १० ओभरको खेल सकिँदा ३ विकेट गुमाएर ६४ रन जोडेको छ । यसअघि जोनसन चाल्र्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए ।