काठमाडौं । जब कुनै स्टार खेलाडीका श्रीमती वा गर्लफ्रेन्ड स्टेडियममा श्रीमानको खेल हेर्न पुग्छन्, क्यामराहरूको ‘एउटा आँखा’ उनीहरुतिरै हुन्छ । उ
पहिलो इनिङमा चेन्नइले ब्याटिङ गरिरहँदा धोनी ड्रेसिङ रुममा आफ्नो पालो कुरेर बसिरहेका थिए । स्टेडियममा उनी पत्नी साक्षी पनि खेल हेर्न आएकी थिइन् । क्यामराले बारम्बार साक्षी र धोनीलाई फरक फरक कोणबाट जूम गरेर देखाइरहेको थियो ।
आफ्नी श्रीमतीलाई यसरी लगातार देखाइएको धोनीलाई सैह्य भएन । रिसको झोकमा उनले आफूसँग रहेको पानीको बोतल नै क्यामरातर्फ उज्याए । यो दृश्य पनि लाइभ टेलिभिजनमै देखिएको थियो ।
धोनी क्रिकेटमा शान्त खेलाडीका रूपमा चिनिन्छन् । हम्मेसी उनी उत्तेजनामा आउँदैनन् । मैदानमा भने उनी निकै आक्रामक खेल्छन् । यो आइपीएलमा धोनी टीम कप्तान छैनन् । खेलाडी मात्र भए पनि चेन्नइको खेलमा सबैको नजर उनी तिरै हुन्छ ।