ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी विश्वभरका क्रिके न्यूजहरुमा छाउन सफल

काठमाडौं । फेरि एकपटक आफ्नो ‘बिग हिटिङ’ क्षमताको पुनः पुष्टि गर्दै नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी विश्वभरका क्रिकेट न्यूजहरुमा छाउन सफल भएका छन् । कतारविरुद्ध उनले हासिल गरेको दुर्लभ सफलताले पक्कै पनि विश्वभरका टी–२० फ्रेन्चाइजीहरुको मुख रसाएको हुनुपर्छ ।नयाँ वर्षको पहिलो दिनलाई रंगीन बनाउँदै दीपेन्द्रले एकै ओभरमा ६ छक्काको विश्व कीर्तिमान बराबरी गरेका हुन् । एक ओभरमा ६ बल हुन्छन् । कमजोर टीम र मामुली बलर नै किन नहोउन्, प्रत्येक ६ बलमा म्याक्सिमम रन बटुल्नु चानचुने सफलता होइन ।अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा अहिलेसम्म ४ जना ब्याट्सम्यानले मात्रै यो कीर्तिमान राखेका छन् । यो एलिट क्लबमा पाँचौं ब्याट्सम्यानका रूपमा दीपेन्द्रले इन्ट्री भएको छ ।

प्रतिस्पर्धात्मक रूपमा चलिरहेको पहिलो इनिङको अन्तिम ओभरमा दीपेन्द्रले हात खोल्दा कतार स्तब्ध बन्यो । त्यसपछि खेल उसको पकडबाहिर गएको थियो । दीपेन्द्र यसरी विस्फोट नभएको भए दोस्रो इनिङमा कतारले नेपाललाई स्तब्ध पार्न सक्ने स्थिति थियो, जुन खेलको अन्तिम नतिजाबाट देखिन्छ । कतार ३२ रनले मात्रै पछि पर्‍यो ।दीपेन्द्रको कुरा गर्ने हो भने उनका लागि लगातार छक्का प्रहार गर्नु कुनै नयाँ कुरा भने होइन । गत वर्ष एसियन गेम्समा मंगोलियाविरुद्धको खेलमा उनले योभन्दा पनि अद्भुत विश्व कीर्तिमान राखेका थिए, जुन भविष्यमा कसैले तोड्न असम्भव छ । त्यो म्याचमा पनि दीपेन्द्रले ६ बलमा छक्का हानेका हुन्, तर फरक ओभरमा । एउटा ओभरमा उनले लगातार पाँच छक्का हानेका थिए, भने अर्को ओभरको पहिलो बलमा फेरि छक्का हानेका थिए । यस प्रकार दुई पटक ६ बलमा ६ छक्का हान्ने दीपेन्द्र विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।

मंगोलियाविरुद्धको म्याचमा दीपेन्द्रले सर्वाधिक थोरै ९ बलमा अर्धशतक बनाएका थिए । हरेक बलमा छक्का हान्दाखेरि पनि अर्धशतक बनाउन कम्तीमा ९ बल नै लाग्छ । त्यसैले भविष्यमा कुनै ब्याट्सम्यानले दीपेन्द्रको बराबरी गर्न सक्ला तर, रेकर्ड तोड्न असम्भव छ । त्यसबेला पनि दीपेन्द्र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा छाएका थिए ।भलै मंगोलिया क्रिकेटको सिकारु टिम थियो । कतार भने तुलनात्मकरुपमा राम्रो टिम हो । खेलअघि कतारका प्रशिक्षकले नेपाललाई हराउने आत्मविश्वाससमेत प्रकट गरेका थिए । खेलका दुवै इनिङमा कतारले नेपाललाई कडा टक्कर दिएको पनि हो । यदि त्यो अन्तिम ओभरलाई हटाउने हो भने ५०/५० को खेल थियो ।

आफ्नो प्रमुख बलर अमिर फारुक २.२ ओभर बल फ्याकेपछि घाइते भएका थिए । उनको स्थानमा पार्ट टाइम बलर कमरान खानलाई ल्याइएको थियो । खानले १.४ ओभर बलिङ गरे ।फारुकले फ्याक्न बाँकी रहेको ओभरको ४ बलमा उनले ६ रन खाएका थिए । त्यसपछि अन्तिम ओभरमा कप्तानले कमरानलाई बल थमाए । जुन निर्णय उनका लागि आत्मघाती बन्यो ।दीपेन्द्रले एक ओभरमा ६ छक्का हानेको समाचारलाई आईसीसी, क्रिकइन्फोदेखि थुप्रै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले कभर गरेका छन् । भारतका मिडियाले अझै बढी हाइलाइट गरिरहेका छन् । यसले दीपेन्द्रलाई आगामी यात्रामा ठूलो हेल्प मिल्न सक्छ । खासगरि अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजीहरुले दीपेन्द्रप्रति पक्कै चासो दिनेछन् ।

दीपेन्द्र नेपालका नम्बर १ टी–२० खेलाडी हुन्, जो ब्याटिङ मात्र नभएर बलिङमा पनि अब्बल छन् भने उनको फिल्डिङ पनि असाध्यै धारिलो छ । टी–२० मा यस्तो अलराउन्ड क्षमताले ठूलो महत्त्व राख्छ । त्यसैले पनि दीपेन्द्रप्रति अन्तर्राष्ट्रिय फ्रेन्चाइजीहरु आकर्षित हुन सक्नेछन् । दीपेन्द्रले गत वर्ष नै अन्तर्राष्ट्रिय टी–२० लिगमा इन्ट्री पनि गरिसकेका छन् । उनले क्यानडाको ग्लोबल टी–२० लिगमा मन्ट्रेल टाइगर्सबाट खेल्दै राम्रो प्रदर्शनसमेत गरेका थिए । उनको टीमले उपाधि नै जितेको थियो ।दीपेन्द्र केहीअघि मात्रै यूएईको इन्टरनेसनल लिग टी-२० मा पनि आबद्ध भएका थिए । प्रतियोगिताको बीचमै गल्फ जायन्ट्सले उनलाई खरिद गरेको भए पनि दीपेन्द्र मैदानमा उत्रिन भने पाएका थिएनन् ।

हिजोको इनिङले विश्वको सर्वाधिक चर्चित टी-२० लिग आइपीएलमा समेत दीपेन्द्रको ढोका खुल्न सक्ने आशा गरिएको छ । आइपीएलमा अहिलेसम्म नेपालबाट सन्दीप लामिछानेपछि दोस्रो खेलाडीले प्रवेश पाउन सकेका छैनन् । सन्दीपले तीन संस्करण आइपीएल खेलेर उत्कृष्ट प्रदर्शन गरे पनि फ्रेन्चाइजीहरुले अर्को खेलाडी नेपालबाट भित्र्याउन चाहेनन् । तर, दीपेन्द्र र कुशल मल्लजस्ता अलराउन्ड क्षमता भएका विस्फोटक खेलाडीहरुलाई अब कहिलेसम्म नजरअन्दाज गर्लान् त ?


प्रकाशित : २०८१ बैशाख २, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप