ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

विराट गोल्डकप चैतमा

हेर्नेकुरा समाचार, कठमाडौं ।

करिब तीन वर्षपछि मोफसलकै चर्चित प्रतियोगिता विराट गोल्डकप फुटबल आयोजना हुने भएको छ ।

आयोजक विराट गोल्डकप ट्रसले चैत अन्तिम साताबाट प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।

गत ७४ साल चैतपछि विराट गोल्डकप आयोजना भएको थिएन ।

पछिल्लो समय विराटनगरको शहिद रंगशालामा बनेको ‘फ्लड लाईट’ सँगै हौसिएको विराट ट्रसले चैत २६ गतेबाट प्रतियोगिता आयोजना गर्ने भएको हो ।

‘यसै चैतको अन्तिम साताबाट प्रतियोगिता आयोजना हुनेगरि तयारी गरिरहेको छौं । हामी अन्तिम चरणमा छौं,’ विराट गोल्डकप ट्रसका सदस्य बसन्त अर्यालले खेलपाटीलाई बताए ।

गत वर्ष एन्फाले विराटनगरमा आयोजना गरेको पाचौं संस्करणको महिला साफ च्याम्पियनसिप लगत्तै प्रतियोगिता आयोजना गर्न आटेको ट्रसले फ्लड लाईटको समस्याकै कारण आयोजना हुन पाएन ।

यस पटक भने प्रदेश सरकारको सहयोगमा ‘फ्लड लाईट’ बनेसँगै ट्रसले छैटौं संस्करणको विराट गोल्डकप गर्न लागेको हो ।

जसको लागि उसले एन्फाबाट स्वीकृति समेत पाईसकेको छ ।

द्रुत गतिमा तयारी गरिरहेका आयोजकले केहि टिमलाई पत्र समेत पठाईसकेको छ । आयोजकले यस पटक १० टोली सहभागीता गराउने निर्णय गरेको छ । जसमा १ आयोजक रहने छ भने ३ भारतीय टोली रहने छन् ।

‘ए’ डिभिजन लिग विजेता मछिन्द्रसँगै मनाङ, पुसिल, एपीएफ, संकटा, थ्रीस्टार, गोर्खा ब्वाईज लगायतलाई ट्रसले पत्र दिएको छ ।

लिग उपविजेता आर्मीले भने एएफसी कप छनोटमा सहभागीता जनाउने हुँदा प्रतियोगितामा सहभागीता नजाउने निर्णय गरेको छ ।

यस अघि भएको पाचौं संस्करणको दिवा रात्रि प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले उचालेको थियो । थ्रीस्टारले हालको त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको थियो ।

आयोजक ट्रसले यस अघिको पाँचौं संस्करण अस्थायी फ्लड लाईटमा आयोजना गरेपनि यस पटक भने प्रदेश सरकारले स्थायी रुपमा संचालनमा ल्याएको लाईटमा खेल खेलाउने छ ।

प्रतियोगिताको विजेताले १५ लाख १५ हजार प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले ७ लाख ५१ हजार प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको विधागत तर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार प्राप्त गर्दा प्रत्येक खेलको म्यान अफ दि म्याचले जनही १५ हजार प्राप्त गर्नेछन् ।

फेयर प्ले टोलीले २५ हजार प्राप्त गर्दा सर्बाधिक गोलकर्ताले २५ हजार पाउने छ ।

यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने छन् ।


प्रकाशित : २०७७ फाल्गुन २४, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप