काठमाडौं । बालिका जबरजस्ति करणी गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्ध मुद्याको पेशी काठमाडौं जिल्ला अदालतका न्यायधिस शंकरराज बरालको इजलासमा परेको छ । जिल्ला अदालत काठमाडौंमा आइतवार उनको मुद्याको पेशी तोकिएको छ । गोला प्रथाबाट मुद्याको इजलास चयन गरिएको हो । मुद्याको पेशी तेस्रो नम्वरमै तोकिएको हुँदा आइतवार नै सुनुवाई हुने सम्भावना रहेको छ । उनी विरुद्धको मुद्यामा दुवै पक्षको सुनुवाई सकिसकेको छ ।
१७ वर्षीय बालिका बलात्कार अभियोगमा सन्दीप गत २० असोजमा पक्राउ परेका थिए । अदालतको आदेशबाट उनी पुपक्र्षका लागि कारागार चलान भएका थिए । पछि उच्च अदालत पाटनले उनलाई सार्तसहति २० लाख रुपैयाँ धरौटीमा जेल मुक्त गरेको थियो । अदालतले उनलाई विदेश जान र काठमाडौं उपत्यका छाड्न प्रतिवन्ध गरेको थियो । पछि सर्वोच्च अदालतले बिदेश जाने प्रतिवन्ध फुकुवा गरेको थियो ।