ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

सन्दीप आज युएई जाने, आईसीसीको अनुमति आउँदै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरे उँगै नेपाल क्रिकेट संघ क्यानले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो । विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो । क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई आज यूएई पठाउन लागिएको जानकारी दिए । ‘आईसीसीसँग कुराकानी भइरहेको छ । आज सन्दीपलाई यूएइ पठाउने चाहिँ निश्चित हो । उनको भिसा पनि आइसकेको छ,’ दासले भने ।

यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको उनको भनाइ छ । कसलाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ टिम म्यानेजर र प्रशिक्षकले तय गर्ने उनले बताए । आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीप अहिले रिजर्भ खेलाडीका रुपमा छन् । क्यानले आईसीसी घाइते एक खेलाडीको स्थानमा सन्दीपलाई राख्न पहल गरेको हो । आइसीसीले यसबारेमा निर्णय दिइसकेको छैन, तर क्यान विश्वस्त छ । भोलि नेपालको यूएईसँग दोस्रो महत्त्वपूर्ण म्याच छ । आज यूएई गए पनि सम्भवतः भोलिको म्याच छुटाउन सक्छन् । नेपालको १६ सदस्यीय स्क्वाडमा पहिल्यै रहेकाले सन्दीपलाई टिम ज्वाइन गर्न भने समस्या छैन ।


प्रकाशित : २०७९ फाल्गुन १७, बुधबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप