ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

तिन तारे अर्जेन्टिनी जर्सीले बनायो नयाँ किर्तिमान

काठमाडौँ । अर्जेन्टिनाले कतार विश्वकपको उपाधि उचालेपछि त्यहाँ तीन तारे नयाँ जर्सीले कीर्तिमान कायम गरेको छ। १८ डिसेम्बरमा फ्रान्सलाई हराउँदै विश्वकप उचालेर अर्जेन्टिनाले आफ्नो जर्सीमा एक तारा थपेको थियो। सन् १९७८ र सन् १९८६ मा विश्वकप जितेको अर्जेन्टिनाले लियोनेल मेस्सीको कप्तानीमा कतारबाट अर्को तारा थप्न सफल भयो । तीन पटक विश्वकप विजेता बनेपछि २२ डिसेम्बरमा अलनाइन मार्केटमा सार्वजनिक भएको जर्सी केही बेरमै बिकेर कीर्तिमान बनाएको हो। अर्जेन्टिनाका लागि विश्वचर्चित कम्पनी एडिडासले जर्सी बनाउने गरेको छ। अर्जेन्टिनाले विश्वकप उचालेपछि तीन तारे नयाँ जर्सी एडिडासले बनाएको हो।

२२ डिसेम्बरमा नयाँ तीन तारे जर्सी एडिडासले अर्जेन्टिनाका लागि अनलाइनमा राखेको थियो। जुन तीन तारे जर्सी क्षणभरमै ‘सोल्ड आउट’ भएको हो। तीन तारे जर्सीको पहिलो व्याच एडिडासले अर्जेन्टिनाबाट सार्वजनिक गरेको थियो। उक्त जर्सी अर्जेन्टिनामा केही मिनेटमै बिकेर सक्किएको हो । अर्जेन्टिना रित्तिएपछि एडिडासले यो तीन तारे जर्सी बुधबार युरोपमा पनि सार्वजनिक गरेको छ। युरोपमा पनि यो जर्सीले त्यही गतिमा विक्री भए अहिलेसम्मकै सबैभन्दा धेरै विक्री हुने कीर्तिमान बनाउनेछ।

अर्जेन्टिनामा सोल्ड आउट भएपछि दोस्रो व्याचको जर्सी अहिले धमाधम बनिरहेको छ। युरोपको बजारमा नपठाइँसक्दै एडिडासले अर्जेन्टिनाका लागि दोस्रो ब्याचको जर्सी पठाउन लागेको छ । युरोपको बिक्री सकेर अर्जेन्टिनाका लागि दोस्रो व्याच पठाइने एडिडासले उल्लेख गरेको छ। अर्जेन्टिनासहित विश्वभर अहिले लियोनले मेस्सीले लगाउने १० नम्बरको जर्सीको अत्यधिक माग छ।


प्रकाशित : २०७९ पुष १५, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप