ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

लेनिन पिक चढ्न जान लागेका जिरेललाई युवा संघ नेपालको झण्डा हस्तारण

काठमाडौ । नेकपा(एकीकृत समाजवादी) निकट युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालबहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् ।

सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गर्नुभएको हो ।

सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएको हिमाल आरोही जिरेल किर्किस्तानको लेनिन पिक चढ्न किर्किस्तान जान लाग्नुभएको र उक्त हिमालमा पार्टीको चुनाव चिन्ह कलम र युवा संघको झण्डा फहराउने इच्छा ब्यक्त गर्नु भएकोले उहाँलाई झण्डा हस्तान्तरण गरिएको संघका महासचिव दिपक जीएमले बताए ।

एकीकृत समाजवादीको बाग्मती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य समेत रहनु भएका जिरेल प्रसिद्ध हिमाल आरोही हुन । स्थानीय निर्वाचन २०७९ मा जिरी नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षको उम्मेद्वार समेत रहनु भएका उहाँले यस अघि सर्वोच्च शिखर सगरमाथा २ पटक आरोहण गरि सक्नु भएको छ ।

उहाँले मनास्लु हिमाल एक पटक,आमा डवलमा ३ पटक पुमरी एक पटक, मेरा पिक ५ पटक सिंगो चुली एक पटक, टेन पिक २ पटक ,दम्पोस पिक एक पटक ,लार्के पिक एक पटक,अम्विगेप्चेन एकपटक,आइसल्याण्डपिक एक सय २० पटक, लवुजेपिक ३० पटक, सोलु पिक एक पटक,लाङसिसरी एकपटक, नयाँकाङ ३ पटक, एलापिक ३ पटक,रमुदङ एक पटक,खाम्सेकु एक पटक लगायत २६ वढी हिमाल आरोहण गरिसक्नु भएको छ । नेपाल वाहिर किर्किस्तानको लेनिन पिक यस अघि पनि चढी सक्नु भएको छ ।

झण्डा हस्तान्तरण कार्यक्रममा संघका महासचिव जिएम, उपमहासचिव अशोक दहाल, प्रवक्ता सन्जिप राई, कार्यलय प्रमुख नरेश गिरि, कोषाध्यक्ष दिपक दुवाडी, स्थाइ कमिटी सदस्य रेखा लोप्चन, विशाल खत्री लगायतको उपस्थिति थियो ।

अध्यक्ष शाहीले दोलखा जिरी निवासी जिरेललाई आरोहण सफलताको हार्दिक शुभकामना सहित नेपालको पहिचान गराउन गरेको प्रयासको प्रशंसा गरेका थिए ।


प्रकाशित : २०७९ असार २०, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप