ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

पपुवा न्यु गिनी बिरुद्ध नेपाललाई सफलता

दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनप्रेरित नेपालले सोमबार पपुवा न्युगिनी पीएनजी लाई ५० रनले हराउँदै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । सन्दीपको कप्तानीमा नेपालले जितेको यो पहिलो उपाधि हो । दीपेन्द्रसिंह ऐरीले अविजित ५४ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले चार विकेट लिएपछि १६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६।१ ओभरमा सबै विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो ।

मलेसिया र पीएनजी सहभागी शृंखलामा नेपाल अपराजित रहदै उपाधि जित्न सफल भयो । मलेसिया र पीएनजीले एक एक खेले जिते । नेपालले घरेलु मैदानमा दोस्रो पटक उपाधि जित्न सफल भएको हो । यसअघि नेदरल्यान्ड र मलेसिया सम्मिलित ट्वान्टी–१० अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखला पनि नेपालले जितेको थियो । दीपेन्द्रसिंहले चार ओभरमा १८ रन दिएर चार विकेट लिएपछि पीएनजीका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेनन् । तेस्रो ओभरमै ओपनर लेगा सिएकालाई गुमाएको पाहुना टोली पीएनजीले पाँचौं ओभरमा कप्तान असद भालालाई गुमाएको थियो । दुबैले समान आठ रन बनाएका थिए । सिएकालाई करण केसीले आदिल आलममार्फत क्याच गरेका थिए भने भालालाई दीपेन्द्रसिंहले एलबीडब्ल्यू आउट गरेका थिए ।

दीपेन्द्रसिंहले लगत्तै टोनी उरालाई पनि पवेलियनको बाटो देखाए । उराले रनको खाता खोल्न सकेनन् । दीपेन्द्रसिंहले चार्लेस एमिनीलाई पनि सोमपाल कामीमार्फत क्याच गरे । एमिनी र सेसे बाउले चौथो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । ३८ बलमा १ चौका र ६ छक्कासहित ५९ रन बनाएका बाउले एक इन्डबाट विकेट सम्हाल्ने प्रयास गरे पनि अर्को इन्डबाट उनले साथ पाएनन् । १५।२ ओभरमा बाउ आउट भएपछि पीएनजीको आशा सकिएको थियो । पीएनजीले १६।१ ओभरमा ११७ रन बनाउँदा सबै विकेट गुमायो । नेपालका दीपेन्द्रसिंहबाहेक करण केसीले तीन र सन्दीपले दुई विकेट लिए ।

 

त्यसअघि मध्यम सुरुआत गरेको नेपाल ११ ओभर सकिँदा ८२।२ को स्थितिमा थियो । त्यसपछि सेमो कामेयाले मेडनसहित तीन विकेट लिएपछि खेलले नयाँ मोड लिएको थियो । कामेयाले १२औं ओभरको पहिलो बलमा आसिफ शेखलाई लेगा सिएकाको हातबाट क्याच गरेका थिए । त्यस्तै तेस्रो बलमा आरिफ शेख कप्तान असद भालामार्फत क्याच गरे । कामेयाले पाँचौं बलमा दीलिप नाथलाई बोल्ड गरेका थिए ।

आसिफले २९ रन बनाए भने आरिफ र दीलिपले रनको खाता खोल्न सकेनन् । त्यसअघि कुशल भुर्तेल २५ र रोहितकुमार पौडेल दुई रन बनाएर पवेलियन फर्किएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । असिफ र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले आदिल आलमसँग पनि छैटौं विकेटका लागि ३२ रनको साझेदारी गरे ।

आदिल १५ रन बनाएर आउट भएपछि दीपेन्द्र र करणले आक्रमक ब्याटिङ गर्दे नेपालको इनिङ्स उकासेका थिए । दुईले सातौं विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रसिंहले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करणले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रन बनाए । दीपेन्द्रले आजै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए । पीएनजीका कामेयाले तीन विकेट लिए । चार सोपर, कबुवा मोरेया र रिले हेकुरेले एक एक विकेट लिए ।

यो समाचार योहो खबर डट कम बाट साभार गरिएको हो


प्रकाशित : २०७८ चैत्र २१, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप