ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

प्रधानमन्त्रीले गरे श्रमाधान रोजगार मेलाको उद्घाटन

विराटनगर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ गरेका छन् । प्रधानमन्त्रीले विराटनगरबाट सातै प्रदेशमा लाग्ने श्रमाधान रोजगार मेलाको उद्घाटन गरेका हुन् । रोजगार मेला’रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्न सक्ने आयोजकले जनाएको छ । मेलामा कोशी प्रदेशका ५० भन्दा उद्योगी व्यवसायीले स्टल नै राखेर रोजगारीका लागि आवेदन आह्वान गरेका छन् ।

रोजगारीको खोजीमा रहेकाहरूले सीप, क्षमता र योग्यताअनुसारको जागिरका लागि प्रस्ताव गर्न र जागिर प्राप्त गर्न मेला प्रभावकारी हुन आयोजकले जनाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले मेलाको संयोजन गरेको छ । उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले मेलाले रोजगार खोज्ने र कामदार खोज्नेलाई पुलको काम गर्ने बताए । उनले प्रदेशकै करिब ७० प्रतिशत उद्योग व्यवसाय भएको विराटनगरमा आयोजित मेला रोजगारी खोजी गरिरहेका जनशक्ति र श्रमिक खोजी गर्ने उद्यमीहरूबिचको संगमस्थल बन्ने बताए । श्रम रोजगार तथा सामाजिक मन्त्रालयको आयोजनामा मेला आयोजना गरिएको हो ।

मेलामा श्रम मन्त्रालय र मातहतका सबै निकाय एवं विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी कार्यक्रम, रेमी परियोजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घ, होटल सङ्घ नेपाललगायतले स्टल राखेका छन् । मेला सातै प्रदेशमा दुई दिन चल्नेछ । मेला कोशी प्रदेशको विराटनगरमा जेठ १७ र १८ गते, मधेस प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बागमतीको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।


प्रकाशित : २०८१ जेष्ठ १७, बिहीबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप