काठमाण्डौं । आज नेपाली शिक्षा परिषद् बाट कविशिरोमणि लेखनाथ पौड्यालको १३९ अौं जन्मजयन्ती, लेखनाथ प्रतिभा पुरस्कार अर्पण तथा साहित्यकार खोलाघरे साहिँलोद्वारा लिखित दुईवटा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भयो ।
लेखनाथ साहित्य सदन सोह्रखुट्टेमा आयोजित सो कार्यक्रममा सर्वप्रथम विभिन्न साहित्यकारहरूद्वारा कविशिरोमणिको प्रतिमामा माल्यार्पण भएपछि परिषद् का अध्यक्ष श्री रमा शर्माको अध्यक्षतामा सभामा परिणत भएको थियो । प्रमुुख अतिथि मुकुन्द शर्मा चालिसे हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन दिव्यचन्द्र आचार्यले गर्नुुभएको थियो ।सामुहिक राष्ट्रिय गानपछि स्वागतमन्तव्यमा( छन्दसारथि रमेश खकुुरेलले स्रग्धरा छन्दमा रचित नेपाली राष्ट्र भाषा ललित अति मीठो।। ले पद्यमय स्वागत गर्नुभयो । लेखनाथ पौड्यालका रचनावाचन गर्ने क्रममा कक्षा ३ मा पढ्ने आर्या घिमिरेबाट चरीको विलापका २ पद्य , प्रेक्षा लम्सालबाटू पिंजडाको सुुगाू वाचन गरिए । २०७६ सालको स्नातकोत्तर परीक्षामा नेपाली विषयमा स्वर्णपदक पाउने अछामका चक्रबहादुुर रावललाई लेखनाथ प्रतिभा रु २० हजार एक तथा कदरपत्र प्रदान गरियो ,यो पुुरस्कारका संस्थापक लेखनाथकी सुपुत्री कुुन्तीदवी भट्टराई हुनुहुन्छ ।
लेखनाथका रचनावाचनकै अर्को क्रममा शान्ति सापकोटाबाट तरूण तपसीको ११अौं विश्रामबाट ५ श्लोक ,भुुवनहरि सिग्देलबाट सत्यसन्देशका ५ पद्य र थप १ पद्य ,जगदीश्वर पोख्रेलबाट (कालमहिमा ,विजयराज न्यौपानेबाट ऋतुुविचारको हेमन्त वर्णनबाट केही श्लोक, प्रभा भट्टराईबाट मखाऊँ मैं लाऊँ । लाई आफैेंले पुुनर्लेख गरिएको १ श्लोक र लेखनाथको म कस्तो हुुूँ वाचन गरिए अर्को क्रममा खोलाघरे साहिंलाका शास्त्रीय छन्दमा रचित २ पद्यसंग्रह नेपाल सर्वोपरि र पद्यवल्ली को विमोचन प्रमुख अतिथि र अध्यक्षबाट संयुक्तरूपमा गरियो । विमोचित दुवै कृतिमाथि पर्शुुराम पराशरले विमोचित संक्षिप्त तर सारभूत टिप्पणी प्रस्तुुत गर्नुुभयो । खोलाघरे साहिंलाले नेपाली शिक्षा परिषद् र पुस्तक विमोचन कार्यक्रममा सहभागी हुुनुुहुुने सबैमा आभार अर्पण गर्दै विमोचित दुुवैे कृतिबाट केही श्लोकवाचन गर्नुुभयो ।
प्रमुख अतिथिले आफ्नो मन्तव्यमा आफुू यो कार्यक्रममा आएर ,लेखनाथका विभिन्न कविता विभिन्न व्यक्तिबाट सुन्न पाउँदा हर्षित भएको भन्नुुभयो । दुुईवटा कृति विमोचन भएकामा खोलाघरे साहिंलोलाई बधाइ पनि दिनुुभयो र लेखनाथका विशेषताहरू बताउनुभयो ,छन्दमा रचना गरेर उहाँलाई सम्मान गर्न सकिन्छ भन्नुुभयो । अध्यक्ष रमा शर्माबाट पदीय मन्तव्यमा कवि शिरोमणिप्रति श्रद्धाअर्पण,शिरोमणि पदवीको प्रसङ्ग,कविशिरोमणिको रथयात्राको समेत प्रसङ्ग ल्याउँदै,नेपाली शिक्षा परिषद्लाई जीवन्त राख्न प्रयत्नरत रहने भन्दै सबैेप्रति हार्दिक धन्यवाद अर्पणका साथ सभा समापन गर्नुुभयो ।