ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

प्रदेश सभामा सिफरिस भइन् बबिता पाण्डे, यस्तो छ उनको राजनितिक यात्रा

काठमाण्डौं । नेकपा एस गत दुई साता अघि कैलाली जिल्ला नेकपा एकिकृत समाजबादी लम्की चुहा नगरपालिका क्षेत्रिय कमिटि संयोजक, जिल्ला उप सचिब बखत बिष्टको अध्यक्षतामा बसेको बैठकले जिल्ला निर्वाचन क्षेत्र नं. २ को क बाट महिला समानुपातिकतर्फ युवा संघ कि नेत्री बबिता पाण्डे सिफारिस भएकी थिईन् । युवा माझ लोकप्रिय छवि बनाएकी बबिता पाण्डे प्रदेश सभा सदस्यको लागि सिफरिस भए सँगै युवामा उत्साह छाएको छ । समाजिक सञ्जाल भर उनलाई बधाईको ओइरो लागेको छ । युवा संघका नेता तथा कार्यकर्ताहरुले खुशी साट्दै बबिता लाई कुनै पनि हालतमा प्रदेश सांसद बनाउनुपर्ने भन्दै पार्टीका नेताहरुलाई दवाव सिर्जना गरिरहेका छन् । महिला र त्यसमाथि युवामा लोकप्रिय छवि भएको कारण बबिता पाण्डेलाई सासंद बनाउनै पर्ने दबाब पार्टी नेतृत्व पंक्तिलाई रहेको छ ।

 

को हुन् बबिता पाण्डे ?

२०६४ सालमा तत्कालीन नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल लम्की चुहा नगरपालिका वडा नं. १ को अध्यक्ष हुदै राजनितिक यात्रा सुरु गरेकी बबिता अखिल नेपाल महिला संघको क्षत्रिय कमिटि सचिव हुदै युवा राजनीतिमा आफ्नो उपस्थिती मजबुत बनाउदै आइन् । त्यसपछि २०७२ मा नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा राष्ट्रिय युवा संघको केन्द्रिय प्राकृतिक स्रोत ब्यवस्थापन बिभाग सदस्य भएर भुकम्प पीडितहरुको उद्दारमा निकै महत्वपुर्ण भुमिका खेलिन् । त्यस लगत्तै राष्ट्रिय युवा संघ लेखा आयोग सदस्य भएकी बबिता २०७७ सालमा केन्द्रिय सदस्य हुदै अहिले युवा संघ नेपालको अस्थाई कमिटि सदस्य र नेकपा एस जिल्ला कमिटि सदस्यको जिम्मेवारी सम्हालिरहेकी छिन् । समाजमा अहिले पनि महिलाहरु घर गृहस्थीमै सिमित रहेको अवस्थामा बबिता राजनीति र परिवार दुबैलाई सम्हालेर अघि बढिरहेकी छिन् । उनि दुबै जिम्मेवारी सम्हाल्न सफल भएकी छिन् । राजनीतिमा लाग्दा समाजले साथ नदिएपनि आफ्नो मेहनत र आत्मविश्वासको कारणले विस्तारै जनताको साथ जित्दै गएको बबिता बताउछन् ।

 

सामाजिक काममा पनि उत्तिकै सक्रिय बबिता 

बबिता जिल्लाको विभिन्न सामाजिक संघ संस्थाहरुमा पनि उत्तिकै सक्रिय छिन् । उनि संग लम्की जेसीस २०२० को अध्यक्षको जिम्मेवारी सम्हालेको अनुभव रहेको छ । लम्की चुहा नगरपालिका खेलकुद बिकास समितिको कोषाध्यक्ष रहेर काम गरीसकेकि बबिता युवाहरुलाई खेलकुद लगायत समाजिक काममा अभिप्रेरित गनुपर्ने बताउछन् । यसले समाजमा समाजिक एकताको बातावरण सिर्जना गर्ने उनको तर्क रहेको छ । त्यस्तै उनि अक्षर प्रतिष्ठानको संस्थापक उपाध्यक्ष रहिसकेकी छिन् । त्यस्तै उनि सँग बाजुरा एकता सेवा समाजको संस्थापक उपाध्यक्ष र सामुदायिक रेडियो पश्चिम आवाजको संस्थापक सञ्चालक समिति सदस्य भएर काम गरेको अनुभव रहेको छ । लम्की बहुमुखी क्याम्पसको आजिवन सदस्य रहेकी बबिता नेपाल जे सीसको सफल प्रतीक्षक पनि हुन् । उनि सिओएसडि नेपालको संस्थापक अध्यक्ष पनि हुन् । आफु समाजको परिवर्तनको लागि निस्वार्थ राजनीतिमा लागेको बताउने बबिता सामाजिक काममा लागेर जनता सँग थप नजिक हुने अवसर प्राप्त भएको बताउँछिन् । सामाजिक काममा लाग्दा समाजको वास्तविक समस्याको बारेमा जानकारी हुने र राजनितिक माध्यमले ति समस्या निराकरण गर्न त्यसले थप मद्दत गर्ने उनको बुझाई रहेको छ ।

 

सामाजिक बिकासमा सहकार्य लाई को सस्थापक अध्यक्ष भै समाज मा महिला र युवा हरुलाइ उद्यमसिलता मा जोड्नु पर्छ भनि देशभर कार्यक्षेत्र बनाई स्थानिय सरकार र पालिका नगरपालिका हरुसगँ समन्वयन गर्रै बिभिन्न सिप मुलक तालीम दिदै उत्पादन र उधमसिलतामा महिलाहरुलाइ जोड्दै बिभिन्नखाले तालीम माफर्त युवा र महिलाहरुको क्षेत्रमा थुप्रै सिप र ज्ञान हरु बाडिरहेकी छन ।


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप