धनगढी उपमहानगरपालिकाको मेयर गोपाल हमालले जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिए पछि उनि स्वतन्त्र नरहेको एमाले कैलालीले आरोप लगाएको छ ।
‘उहाँ निर्वाचित भएको एक महिना नपुग्दै उहाँ स्वतन्त्र नरहेको पुष्टि भएको छ’ एमाले कैलालीमा उपाध्यक्ष दुर्गा जोशीले भने, ‘गठबन्धनका उम्मेदवारहरूलाई भोट दिने अनि स्वतन्त्र हो भन्ने अरूलाई मूर्ख बनाउने कुरा मात्रै हो ।’
जोशी एमालेबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा धनगढीको मेयर पदमा लडेका थिए । त्यो बेला पनि हमाल स्वतन्त्र उम्मेदवार भएर उम्मेदवारी दिएका थिए । तर, पराजित भए पछि उनी विवेकशील साझा पार्टीमा जोडिए । उनी त्यसको संयोजक पनि भए । उनी संयोजक रहेकै बेला प्रतिनिधि सभा तथा प्रदेश सभामा उनकै नेतृत्वमा उम्मेदवारहरू उठेका थिए ।