ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

धनगढी उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित

धनगढी उपमहानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ । एघार हजार मतान्तर सहित अग्रस्थानमा रहेका हमाल लाई उनका निकटम प्रतिद्वन्दी नृपबहादुर वडले जम्मा १२७७१ मत सहित पछ्याई रहेका छन् । अब जम्मा सात हजार मात्रै मत गन्न बाँकि रहेको छ । गणना गर्न बाँकि मत भन्दा हमालको मतान्तर धेरै भएकोले हमालको  जित निश्चित भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उपमहानगरपालिकाको मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७ सय ५८ मतको अग्रता लिएका छन् । अब ७ हजार ४ सय ८९ मत मात्रै गन्न बाँकी रहेका छन् ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ५६२२६ मत गन्दा हमालले २४५२९ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२७७१ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७३८६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अधिकारीले ११ हजार ९८९ मत पाएकी छन् । एमालेकी चन्द्रकला रानाले १२ हजार ५९४ मतका साथ लिड गरिरहेकी छिन् । र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन् ।


प्रकाशित : २०७९ जेष्ठ ७, शनिबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप