नवलपरासी । नेकपा (एस)को तर्फबाट नवलपरासी क्षेत्र नं. २ (क) बाट प्रदेश सभा सदस्यका लागि युवा संघ नेपालका सचिव प्रकाश भट्टराईले उम्मेद्वारी दिएका छन् । नेकपा एसले देशभर गठबन्धन गरेपनि जिल्लामा आफ्नो पार्टीलाई कुनै सिट नदिएको भन्दै नेकपा एसको तर्फबाट भट्टराईले उम्मेद्वारी दर्ता गराएका हुन् ।
लामो समय युवा संघमा रहेर काम गरेका भट्टराईले गठबन्धनबाट जिल्लामा पार्टी र युवालाई महत्त्व नदिएको र आफ्नो उम्मेद्वारीले युवाहरुको आवाजलाई सम्बोधन गरेको बताए ।