काठमाण्डौं । कांग्रेस माओवादी र समाजवादी बिच चुनावी तालमेल हुने भएपछि टिकट वितरणलाई लिएर तिनै पार्टी भित्र तिब्र असन्तुष्टि बढिरहेको छ ।
यसै बिच नेकपा एसका युवा नेता तथा युवा संघ नेपालका महासचिव दिपक जि एमले गठबन्धनको तर्फबाट टिकट नपाए बाँके ३ को क बाट स्वतन्त्र उम्मेद्वारी दिने चेतावनी दिएका छन् । उक्त क्षेत्रबाट निर्वाचन लड्न दिपक पछिल्लो २ बर्ष देखि स्थानिय क्षेत्रमै खटिँदै आएका थिए ।
तर स्थानिय चुनावमा पनि गठबन्धनको कारण उम्मेद्वारी त्यागेका उनले प्रदेश सभाको लागि पनि टिकट पाउने सम्भावना न्युन भएपछि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । दिपक जि एमले फेसबुक स्टाटस मार्फत् स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।