मधेश प्रदेशका शीर्ष नेताहरुको अहिले महोत्तरीको गुन्ज होटलमा छलफल चलिरहेको छ । छलफलबाट गठबन्धनको बिषयमा ठोस निर्णयसहित निष्कर्षमा पुर्याउने बैठकमा सहभागी एक नेताले बताए ।
सोमवार मात्रै गठबन्धनका दलहरूको गठबन्धनका उम्मेदवारलाई जिताउन संयुक्त अपिल आएसँगै जिल्ला र प्रदेशमा छलफलले तिव्रता पाएको छ ।
आजको बैठकले गठबन्धनका समबन्धमा उत्पन्न आसंकाहरूलाई समाप्त गर्ने विश्वास नेताहरूले लिएका छन् ।
प्रकाशित : २०७८ चैत्र २९, मंगलवार