सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा ९ सय ११ किलोवाट क्षमताको जलविद्युत् आयोजना कार्यान्वयन गर्ने गरी आमादब्लम मिनी हाइड्रो लिमिटेडले प्रक्रिया थालेको छ ।२० चैत, काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र राष्ट्रिय प्रसारण लाइनले नछोएका हिमाली बस्तीमा बिजुली बाल्न सोलुखुम्बु पाङ्बोचेमा ‘मिनी हाइड्रोपावर’ बन्ने भएको छ ।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा ९ सय ११ किलोवाट क्षमताको जलविद्युत आयोजना कार्यान्वयन गर्ने गरी आमादब्लम मिनी हाइड्रो लिमिटेडले प्रक्रिया थालेको छ ।