ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

गर्मायो कोशी प्रदेश : आज मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुने

विराटनगर । बिहीबारको बैठकमा विश्वासको मत मागेर हिँडेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नफर्किएपछि स्थगित गरिएको कोशी प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । आजको बैठकमा मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुनेछ । विहीबार मुख्यमन्त्रीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुले सम्बोधनको क्रममा मुख्यमन्त्रीको कार्यशैलीमा पनि प्रश्न उठाएका थिए । नेताहरुको सम्बोधनपछि सभामुख बाबुराम गौतमले मत विभाजन तयारीका लागि ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए । ३० मिनेटका लागि बैठक स्थगित भएपछि प्रदेशसभाबाट बाहिरिँदै गर्दा सदनमा उठेका प्रश्नको जवाफ तयार गरेर आउने बताएका मुख्यमन्त्री कार्की फर्किएनन् । त्यसपछि सभामुख बाबुराम गौतमले राति साढे ९ बजे दलका प्रमुख सचेतकहरुसँगको छलफलपछि शुक्रबार (आज) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

विश्वासको मत मागेर मुख्यमन्त्री हिँडे पनि प्रतिपक्षी दलहरु भने बिहीबार नै मतदान हुनुपर्ने अडानमा थिए । मुख्यमन्त्री नफर्किएपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत मागेर मुख्यमन्त्री भागेको आरोप लगाएका थिए । नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत विभाजनका लागि आज ११ बजे बैठक बस्ने बताए । विश्वासको मत विभाजन अघि मुख्यमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ पनि दिनेछन् ।


प्रकाशित : २०८० असार १५, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप