ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

नेकपा (एस) का युवा नेता रमेश आचार्य सुनसरी ४ को ‘क’ बाट प्रदेश सभामा सिफरिस

सुनसरी । आज पार्टी पुनर्गठन भएको १ वर्ष पुरा भएको अवसरमा नेकपा एकिकृत समाजवादीले सुनसरीको क्षेत्र न ४ अन्तर्गत प्रदेश ‘क’ बाट युवा तथा विद्यार्थी नेता रमेश आचार्यलाई प्रदेश सभाको लागि सिफारिस गरेको छ ।

भोक्रहामा भएको नेकपा एकीकृत समाजवादीको प्रतिनिधि सभा क्षेत्र नं. ४ को समन्वय कमिटी प्रदेश ‘क’ र ‘ख’ को संयुक्त वैठकका संयोजक सिताराम पराजुली को अध्यक्षता ,पार्टी पोलिटव्यूरो सदस्य तथा जिल्ला इंचार्ज क।महफ़ूज़ अन्सारीको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य तथा सहइञ्चार्ज क।केशव तिम्सिनाको विषेश आतिथ्यता बसेको बैठकले नेता आचार्यलाई सर्वसम्मतिले सिफारिस गरेको हो ।

यसैगरि स्थापना दिवसका अवसरमा नेकपा एकिकृत समाजवादीको जिल्ला पार्टी कार्यालय सुनसरीमा साझ मैनबत्ती प्रज्वलन गरि दिपावली गर्नुका साथै नेता कार्यकर्ताहरुले शुभकामना आदान प्रदान गरेका थिए । जिल्ला सचिव बसन्त सुवेदीले एमालेबाट विद्रोह गरेपछि संगठन निमार्ण र पुनर्गठनको अभियानलाई एकवर्षमा ठुलो सफलता पाएको बताए ।

युवा माझ लोकप्रिय छवि बनाएका रमेश आचार्य प्रदेश सभामा सिफरिस भएपछि युवा नेता तथा कार्यकर्ताहरुले बधाई तथा शुभकामना ब्यक्त गरेका छन्


प्रकाशित : २०७९ भाद्र १०, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप