ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

ओलीको गृहनगर दमक नगरपालिकामा राप्रपाका उम्मेद्वार निर्वाचित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिका राप्रपाले जितेको छ । राप्रपाका उम्मेदवार राम थापाले प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीलाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

थापाले १४ हजार ५७० मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १३ हजार ७०० मत प्राप्त गरेकी छिन् ।

उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १३ हजार ९३१ मत प्राप्त गरेकी छिन् भने एमालेका अम्विकाप्रसाद खनालले १३ हजार ५३६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा २०३९ सालमा दमक गाउँ विकास समितिबाट नगरपालिका बनेदेखि नै यहाँको मेयर बन्ने सपना देखेका थिए । जसअनुसार उनले पहिलोपटक मेयरमा चुनाव लडेकै २४ वर्ष वितिसक्यो । त्यसअघि उनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी २०४३ सालदेखि मेयर बन्ने रेसमा थिए ।

तत्कालीन नगर पञ्चायत हुँदा उनले एमालेकी मेयर उम्मेदवार गीता अधिकारीका काका ससुरासँग कम मतले हार व्योहोरेका थिए ।

एमाले उम्मेदवार गीता अधिकारीलाई पराजित गर्दै दमक नगरपालिकाको मेयर बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदान थिए।

एमाले एक्लै प्रतिस्पर्धामा थियो।


प्रकाशित : २०७९ जेष्ठ ६, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप