ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

प्रदेश १ मा सत्तारूढ दलको वडा तहसम्मै कार्यदल

सत्तारुढ गठबन्धनमा रहेका चार दलले स्थानीय तह निर्वाचनमा तालमेलका लागि प्रदेश १ मा कार्यदल गठन गरेको छ । शनिबार इटहरीमा बसेको गठबन्धनको बैठकले वडा तहसम्म तालमेलको मोडालिटी तयार गर्न कार्यदल गठन गरेको हो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरु सहभागी थिए ।
बैठकले चुनावी तालमेलको मोडालिटी तयार गर्न कार्यदल बनाएर अघि बढ्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।

कार्यदलमा कांग्रेस प्रदेश सभापति उद्धव थापा र महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रविण चाम्लिङ र उपाध्यक्ष उमेश थापा छन् ।
बैठकले गठबन्धनमा रहेका दलकाे प्रदेश प्रमुखहरु रहेको अनुगमन संयन्त्र पनि निर्माण गर्ने निर्णय गरेको छ । कार्यदलले अध्ययनपछि बस्ने बैठकले थप निर्णय गर्नेछ ।
अनलाइन खबर बाट साभार


प्रकाशित : २०७८ चैत्र २०, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप