ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

मुर्ति बनाउन प्रयोगमा ल्याइएको अक्सिजन सिलिन्डरहरु सरकारलाई बुझाउन युवा संघका अध्यक्षको आव्हान

काठमाडौं । युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले सामाजिक संजाल फेस्बुक मार्फत मार्मिक र भाबुक स्टाटस लेखेका छ्न । शाही लेख्छन्- “बिहानै ट्रमा सेन्टरका प्रमुख मित्र डा. सन्तोष पौडेलले अक्सिजन सकिएको र सहयोगको आह्वान गर्दै फेसबुकमा सार्बजनिक अपिल गर्नु भएको छ । हामिले गर्न सक्ने सम्भावना के छ भनेर साथिहरु सग छलफल गर्याैं, यसमा ललितपुर खासगरी पाटन, मङ्गलबजार, ग्वार्को, इमाडोल एरियामा तामाको मुर्ती बनाउने थुप्रै घरहरु (ठाउँहरु) छ्न, त्यहाँ तामाको मुर्ति बनाउने कार्यमा अक्सिजन सिलिन्डरहरु प्रयोग गरिन्छ र त्यहाँ (ठूलो सङ्ख्यामा) 12/15 हजार सम्म अक्सिजन सिलिन्डर हुन सक्ने अनुमानको अनौपचारिक सुचना आयो । त्यसमा बुझ्दा त्यस क्षेत्रवाट केही आङ्सिक सिलिन्डरहरु संकलन गरेर प्रशासन लिइसकेको पनि रहेछ र अझै हजारौं सिलिन्डरहरु भएको देखिन्छ । हामी हाम्रो तर्फबाट पब्लिक सग ती सिलिन्डरहरु माग्ने प्रयास गरिरहेका छौं, तर सकिएको छैन । यो बिषय प्रहरी र प्रशासनलाई पनि जानकारी गरेका छौँ । तपाईं हाम्रा सबैका आफन्तहरु स्वयं हामी नै पनि अक्सिजन नपाएर मृत्युु हुने अबस्थामा छौं । हामी ४ सय सिलिन्डरको लागि बिदेशमा प्लेन चार्टर पठाइ रहेका छौं, हामिसगै रहेको स्रोतको जानकारी अभाब हुन पनि सक्छ । निजि घरमा रहेकै ललितपुरको यी सिलिन्डरहरु ठूलो स्रोत हुनसक्छ । पाटन, मङ्गलबजार, ग्वार्को, इमाडोल एरियामा रहनु हुने सामाजिक मन भएका महानुभावहरु यो काममा जुटौं, यतिबेला यसले देशलाई नै ठूलो राहात र सहयोग हुने छ ।

” राष्ट्रिय ट्रमा सेन्टरका कार्यकारी प्रमुख डा. सन्तोष पौडेलले अक्सिजन अभावले एक सय पाँच जना बिरामी छटपटाइरहेको भन्दै बिहान सहयोगको अपिल गरेका थिए ।


प्रकाशित : २०७८ बैशाख ३०, बिहीबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप