काठमाडौं: युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले आफ्ना फेसबुक मार्फत
“जुन दिन देखि बादल लाग्यो नि ! त्यै दिन देखि सूर्यको न्यानो हरायो । साथिहरु सामान्य कुरा पनि नबुझ्ने भन्या, बादल लाग्ने भनेकै सुर्य छेक्न हो । अहिले त प्रकाश मात्रै छेकिएको छ, आकाश अध्याँरो र वातावरण कालो न कालो देखिएको छ । जब आकाश गडगडाउने छ, बिजुली चम्किन शुरु गर्नेछ, चट्याङ पर्न थाल्ने छ अनि बटुवाहरूको रुवाबासी र भागाभाग हुनेछ । त्यसपछि फेरि त्यै ………….!”
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने बताइरहँदा नेकपा एमालेका दोस्रो तहका नेताहरूको भेटघाट पनि बाक्लिएको छ। एमाले माधव-झलनाथ समूहको युवा नेता पछिल्लो समय प्रधानमन्त्री ओली र खेलो मेलो गर्नेहरुको विरुद्ध निकै कठोर रूपमा प्रस्तुत हुँदै आएका छन्। यद्यपि नेपाल समूहका नेताहरूले भने ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पद राजीनामा दिन उपयुक्त ठहर गरेका छन्। तर यसबारे निर्णय भने भइसकेको छैन।