ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

झापामा नेकपा एकीकृत समाजवादीका अधिकांश नेता नेकपा एमालेमा प्रवेश

झापा । झापामा नेकपा एकीकृत समाजवादीका अधिकांश नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एस राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारीसहितका नेता-कार्यकर्ता मूलघर फर्किएका हुन् । उनीहरूले पत्रकार सम्मेलन गरेर नेकपा एस त्यागेको घोषणा गरे ।

अनेरास्ववियू दमक क्याम्पस कमिटी, अखिल फोर्स दमकको सिंगो कमिटी एमालेमा समाहित भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गरेका छन् । एमालेको नेतृत्वमा मात्रै वामपन्थीको एकता सम्भव भएको नवप्रवेशी दाहालको भनाइ थियो ।एमालेका केन्द्रीय सदस्य दीपक कार्कीले नवप्रवेशी सबै नेता कार्यकर्ताहरुलाई यथोचित जिम्मेवारी दिइने बताए ।
पार्टी प्रवेश कार्यक्रममा एमाले झापाका उपाध्यक्ष शिव ढुंगेलले मुलुकको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा समाहित हुन सबैलाई आव्हा नगरे ।नेकपा एस छाडेर आएका दमक नगर कमिटीका पूर्वअध्यक्ष महेश घिमिरेले पार्टी सदस्यता नवीकरणलाई अघि बढाउने र मिसन ८४ सफल बनाउने प्रतिबद्धता जनाए ।दमक र कमलबाट ७० जना नेकपा एसका नेता तथा कार्यकर्ता एमालेमा फर्किएको जिल्ला कमिटीले जनाएको छ ।


प्रकाशित : २०८१ भाद्र ४, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप