ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस

विराटनगर ।  नेपाली कांग्रेसलाई कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्री छान्न सकस परेको छ । आकांक्षी धेरै भएपछि काँग्रेसले मन्त्री छनौटको मापदण्ड बनाएको छ । विराटनगरमा बसेको कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम छान्न नसकेपछि जातीयता, लैङ्गिकता, भौगोलिकता र कार्यक्षमताका आधारमा मन्त्री छान्न केन्द्रलाई सिफारिस गरेको छ ।

चार मन्त्री र २ राज्यमन्त्री भागमा पाएको कांग्रेसबाट प्रदेशसभामा रहेका २९ मध्ये पूर्व मुख्यमन्त्री उद्धव थापा र केदार कार्की बाहेक सबै सांसदले मन्त्री बन्ने आकांक्षा देखाएपछि काँग्रेसमा सकस बढेको हो । केन्द्रमा भने सभापति शेरबहादुर देउवाले आफू पक्षले २ शेखर कोइराला र कृष्ण सिटौला पक्षलाई एक एक मन्त्री दिने तयारी गरेको कांग्रेस वृतमा चर्चा छ ।

मुख्यमन्त्रीमा भने कांग्रेस र एमालेबीच केन्द्रको मोडलमै सहमति भएको छ । जस अनुसार केपी ओली प्रधानमन्त्री रहेसम्म कोशीको नेतृत्व एमालेले नै गर्ने छ भने शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कोशीमा कांग्रेसको मुख्यमन्त्री बन्ने छन् ।


प्रकाशित : २०८१ श्रावण १५, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप