ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

चुनाव जिते कंगनाले बलिउड छाड्ने !

अक्सर आफ्नो अभिव्यक्तिका कारण चर्चा र विवादमा आउने गरेकी अभिनेत्री कंगना राणावतले अब राजनीतिमा आफ्नो कदम राखेकी छन् । भारतीय जनता पार्टी (बीजेपी)बाट उनी लोकसभा चुनावमा उम्मेदवार बनेकी छन् ।

उनलाई हिमाचल प्रदेशको मण्डी जिल्लाका लागि टिकट मिलेको छ । यतिबेला उनी जोडतोडले प्रचारमा हिँडिरहेकी छन् । चुनाव जित्नेमा उनी विश्वस्त देखिन्छिन् ।कंगनाले लोकसभा चुनावमा जित हासिल गरेको खण्डमा बलिउड छाड्ने संकेत गरेकी छन् ।

उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘म एउटा मात्र काम गर्न चाहन्छु । मण्डीमा मैले जितेँ भने राजनीति मात्र गर्छु ।’ उनले आफू व्यक्तिगत महत्वाकांक्षा र निजी स्वार्थ पूरा गर्न राजनीतिमा नआएको पनि स्पष्ट पारेकी छन् ।

मानिसले आफूप्रति गरेको अपेक्षालाई न्याय गर्नुपर्छ भन्नेमा कंगना सजग छिन् । ‘धेरै फिल्मकर्मीले मलाई राजनीतिमा नजान सुझाव दिएका थिए । मलाई थाहा छ कि जनताको अपेक्षामा खरो उत्रनुपर्छ,’ उनी भन्छिन्, ‘मैले विशेषाधिकार प्राप्त जीवन विताएँ, यदि मलाई मानिसहरुसँग जोडिने मौका मिल्यो भने म यसलाई अपनाउँछु । मलाई लाग्छ कि सबैभन्दा पहिले जनताले मबाट गरेको अपेक्षालाई न्याय गर्नुपर्छ ।’

उनले राजनीतिलाई वास्तविकता र फिल्मलाई झुटो दुनियाँको समेत संज्ञा दिएकी छन् । ‘फिल्म भनेको झुटो दुनियाँ हो । त्यहाँ अलग वातावरण बनाइन्छ । मानिसहहरुलाई आकर्षित गर्न एउटा बबल सिर्जना गरिन्छ । तर, राजनीति वास्तविकता हो । मानिसको अपेक्षामाथि खरो उत्रनुपर्छ । जनताको सेवामा म नयाँ हुँ, धेरै कुरा सिक्न बाँकी छ,’ उनले भनेकी छन् । कंंगनाको नयाँ फिल्म ‘इमरजेन्सी’ प्रदर्शनको पखाईमा छ । यसमा उनी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा छिन् ।


प्रकाशित : २०८१ बैशाख २५, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप