धादिङ बेसी । धादिङ जिल्लाको सबैभन्दा महत्वपुर्ण स्थानीय निकाय हो सिद्धलेक गाउँपालिका । उक्त क्षेत्र धेरै कारणले महत्वपुर्ण क्षेत्र रहेको छ । भौगोलिक हिसावले हेर्ने हो भने पनि उक्त क्षेत्र निकै महत्वपुर्ण रहेको छ । देशको राजाभानी देखि जिल्लाको विभिन्न क्षेत्रबाट धादिङ जिल्लाको सदरमुकाम सम्म पुग्ने माध्यम रहेको सिद्धलेक गापा अझै थप महत्वपुर्ण यस कारणले पनि रहेको छ कि यस क्षेत्रले स्थानीय सरकारको रुपमा जिल्लामा शक्तिशाली मानिने २ राजनीतिक दलको बलियो प्रतिनिधित्व पाएको छ । सिद्धलेकका आम मतदाताले नेपाली कांग्रेसबाट प्रमुख अर्थात् अध्यक्ष र नेकपा एस बाट उपप्रमुख अर्थात् उपाध्यक्ष निर्वाचित गरेका थिए । निर्वाचित जनप्रतिनिधि अर्थात् गाउँपालिका उपाध्यक्षमा सविता अर्याल लाई निर्वाचित गर्दै यस क्षेत्रका जनताले आफ्नो क्षेत्रमा निरन्तर खटिएर लामो योगदान पुर्याएककि सविता अर्याललाई आफ्नो नेतृत्वमा स्थापित गरेका थिए ।
गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भैसकेपछि उपाध्यक्ष अर्यालले सिद्धलेक गापाको विकास र जनहितको पक्षमा निरन्तर आवाज उठाउने र नीति तथा कार्यक्रमहरु गर्दै आइरहेकै छिन् । उनकै पहल कदममा पछिल्लो समय सिद्धलेक गाउँपालिकाका कृषकहरुलाई नर्सरी बिरुवा उत्पादनमा प्लाष्टिक ट्रे र कोकोपिटको प्रयोग र महत्वसम्बन्धी तालिम संचालन गरिएको थियो । गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा ७ वटै वडाका कृषकहरुको लागि तालिम संचालन गरिएको थियो ।
कृषकहरुलाई उत्पादन र उत्पादकत्व बढाउने र कृषिमा प्रविधिको प्रयोग गर्ने उद्धेश्यले संचालन गरिएको तालिममा नर्सरी कसरी स्थापना गर्ने, विउ उत्पादन बढाइ सिद्धलेकलाई कृषिमा आत्मनिर्भर बनाउनले उनको अथक प्रयास रहेको छ ।
साथै उनले महिला शशक्तिकरणको लागि विभिन्न तालिम हरुको आयोजना गर्दै स्थानीय महिलाहरुलाई उत्पादन र रोजगारीमा जोड्दै आइरहेकी छन् । स्थानीय महिलाहरुको लागि एक दिने देखि हप्ता दिन सम्मको कृषि सम्बन्धि तालिमहरु सञ्चालन गरी स्थानीय महिलाहरुको आत्मबल उच्च बनाउले उनको ठुलो योगदान रहेको छ ।
त्यस्तै उनको पहल कदममा स्थानीय जनतालाई लघु उद्योग, बिरुवा उत्पादन, विभिन्न कृषिजन्य सामाग्रीको प्रयोग सम्बन्धि तालिमहरु साथै सबै वडाका विद्यार्थीहरुलाई छात्रावृत्ति उपलब्ध गरिदै आएको छ । गाउँपालिकाका जेष्ठनागरीहरुलाई सहज रुपमा भत्ता उपलब्ध गराउन पनि उनले महत्वपुर्ण भुमिका खेलेकी छिन् ।