नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका उपमहासचिव तथा प्रवक्ता सन्जिप राइले धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङ पुर्ण वामपन्थी भएको जिकिर गरेका छन् ।उनले प्रत्येक जनप्रतिनिधिका लागि मेयर हर्क अनुकरणीय रहेको बिचार व्यक्त गरेका छन् ।
धरान उपमहानगरमा केहि दिन अगाडिबाट नेकपा एमाले र मेयर हर्क साङ्पाङ बीच विवाद भइ रहेको छ । यहि बिषयलाई
लक्षित गरि उनले यस्तो बिचार ब्यक्त गरेका हुन् । हर्क साङ्पाङ प्रकरणले विभिन्न पार्टीका षड्यन्त्रहरु पानीको फोका झै फुट्ने राइले दावी गरेका छन् ।
नेता राईले फेशबुकमा सटाटस लेख्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
राईको स्टाटस यस्तो छ :
असली जनप्रतिनिधि, धराने जनताका सेवक हर्क साम्पाङ माथी भइ रहेको व्यवहार सतप्रतिशत अमानवीय छ । यो लोकतान्त्रिक व्यवस्था माथीको उपहास हो । हरेक असमझदारी र समस्याहरु छ्लफल(सम्वादको माध्यमबाट टुंगाउनु पर्दछ । दुनियाँ दुविधामा छैन, स्वतन्त्र मेयर हर्क पुर्ण वामपन्थी हुन् । हरेक जनप्रतिनिधिहरुका लागि मेयर हर्कको सचेत प्रयत्न अनुकरणीय छ । तर आज भइरहेको विभिन्न पार्टीका खड्यन्त्रहरु, पानीका फोका झै फुट्ने छन् ।