काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालले विवादित एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएको छ । भोलि ६ गते सांसदमा एमसीसी टेबुल गर्ने षड्यन्त्र देखीएको हुदा देशभक्त प्रगतिशील युवाहरुले आन्दोलन गर्ने संघका गैरभौगोलिक प्रदेश इन्चार्ज तिर्थ श्रेष्ठले बताए ।
युवा संघ नेपालले एमसीसी विरुद्ध देश व्यापी आन्दोलन गरि रहेको साथै एमसीसी दान नभई ऋण रहेको, प्रायः विदेश सहयोग नेपाली जनताको हित विपरीत रहेको बताउदै एमसीसी नेपालको कानुन र संबिधान भन्दा माथि हुनेगरी सम्झैता हुनलाग्दा आफुहरु चुप लागेर बस्न नसक्ने भएकाले २ बजे “जनता हस्ताक्षर कार्यक्रम” रत्नपार्कमा साथै ११ बजे “सम्सद भवन घेराउ” कार्यक्रम रहेको संघका सचिव तथा बागमती प्रदेश अध्यक्ष फुर्वा तामाङले बताए ।
सरकारले पटक पटक एमसीसी संसदमा पेस गर्ने तयारी गरेको हुदा युवा संघ नेपालले क्रमशः आन्दोलन गरि रहेकोछ।