ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

लोकगायक एलपी जोशीको निधन

 काठमाडौँ।  चर्चित लोकगायक एलपी जोशी (लक्ष्मीप्रसाद जोशी)  को निधन भएको छ । बिहीबार राति ८.३० बजे दमकस्थित लाइफलाइन अस्पतालमा ८८ वर्षको उमेरमा गायक जोशीको उपचारका क्रममा निधन भएको हो । उनी  लामो समयदेखि सुगर र प्रेसरको बिरामी थिए ।

दमक –१ निवासी जोशीले  ६६ वर्ष अगाडि गाएको ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता चर्चित लोकगीत गाएका छन्  । जुन गीत अहिले पनि कालजयी मानिन्छ ।   जोशी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार रहेका थिए । जोशीले आफै सङ्कलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भए ।

उमेरले ४ दशक पार गरे पनि जोशी हालसम्म पनि विभिन्न स्टेज कार्यक्रममा समेत सहभागी रहँदै आएका थिए । गायनको साथमा नृत्य, चित्रकला, नाटक विधामा समेत पोख्त जोशीले केही चलचित्रमा योगदान गर्नुका साथै एउटा गीति कविता प्रकाशन गरेका छन् । उनको शुक्रवार बिहान कनकाई माईमा अन्तिम संस्कार गरिएको छ ।


प्रकाशित : २०८१ श्रावण ११, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप