ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा ताप्लेजुङको घटनाप्रति दु:ख व्यक्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गएराति ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा पहिरोमा परी चारजनाको निधन भएको घटनामा दु:ख व्यक्त गरेका छन् । कार्कीले मृतकहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै पीडित परिवारजनमा समवेदना जनाएका छन् ।

अहिले बाढी पहिरो र वर्षाको समय भएकाले यस्तो बेलामा प्रदेश सरकारबाट गर्न सकिने सहयोग र उद्धारका बारेमा पनि मुख्यमन्त्री कार्कीले सम्बन्धित निकायसँग छलफल गरिरहेको सचिवालयले जनाएको छ । राजनीतिक दल, सामाजिक अभियन्ता र स्वयमसेवीहरूलाई समेत काम गर्न उनको आग्रह छ ।

शुक्रबार बिहानैदेखि सुरक्षा निकायका प्रमुख र कोशी प्रदेशका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन संवाद गरी मुख्यमन्त्रीले जिल्लाको अवस्था बुझेका छन् ।प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरूलाई भौतिक र मानवीय क्षति कम गर्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा पनि कुरा गर्नुका साथै राहत र उद्धारका काममा पनि उनले चासो राखेका छन् ।


प्रकाशित : २०८१ जेष्ठ ३२, शुक्रबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप