ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

तिनाउमा डुबेर ३ दिनमा ३ जनाको मृत्यु

रुपन्देही । गर्मी छल्न अन्धाधुन्ध खोलामा पस्दा जोखिम बढेको पछिल्ला केही घटनाक्रमले देखाएको छ । पाल्पाको दोभान क्षेत्रको तिनाउ नदीमा रुपन्देही, कपिलवस्तु, नवलपरासीका साथै भारतका विभिन्न ठाउँबाट पौडिन आउनेको लर्को नै हुन्छ ।

बुटवलबाट ६ किलोमिटरको दूरीमा सिद्धबाबाको ड्यामदेखि दोभान आसपासको क्षेत्रमा गर्मी छल्ने पौडिन पुग्ने धेरै छन् । तराईमा हपहपी गर्मी हुँदा पनि बग्ने चिसो पानी र अग्ला पहाडको बीचमा रहेका स-साना ताल तथा बुटवल जलविद्युतको ड्यामसाइड पौडनेहरुको केन्द्र बनेसँगै जोखिम पनि उस्तै बढेको छ ।

यही तिनाउ नदीमा डुबेर पछिल्लो तीन दिनमा तीनजना भारतीय युवाले ज्यान गुमाएका छन् । चर्को गर्मी छल्न भन्दै बुटवल, भैरहवा, लुम्बिनीलगायत भारतको सुनौली, नौतनहवा, गोरखपुरबाट दैनिक रूपमा सयौं युवायुवतीहरु समूहगत रुपमा तिनाउ नदीमा पौडी खेल्न जाने गर्छन् । खोलाको खोँचका रह र पोखरीको गहिराइ आंकलन नगरी पौडी खेल्दा हरेक वर्ष डुबेर युवाहरुको मृत्यु हुने गरेको छ ।

पछिल्लो समय भारतका विभिन्न शहरबाट आएका युवा पौडी खेल्ने क्रममा यसैगरी डुब्ने गरेका छन् । शनिबारदेखि सोमबारसम्म हरेक दिन एक-एक जना भारतीय युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।दोभान प्रहरी चौकीका प्रमुख सई जनक बुढाका अनुसार भारतबाट आएका अधिकांश युवायुवतीहरु पौडिन जानेका हुँदैनन् तर समूहगत रुपमा खोलाको गहिराई आंकलन नगरी पस्दा यस्तो घटना भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार शनिबार र आइतबारजस्तै सोमबार पनि भारत महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको डुबेर मृत्यु भएको हो ।

गाउँपालिकाले भुतखोलासँगै बाँध क्षेत्रमा जान रोके पनि प्रदेश सरकारले ड्याम साइडलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिरहेकाले रोक्न नसकिएको उनले बताए । ‘हामीले ठाउँठाउँमा बोर्ड पनि राख्न लगाएका छौं, यसको व्यवस्थापन स्थानीय सामुदायिक वनले गरेको छ । तर, केही व्यक्ति धेरै मदिरा सेवन गरेर, लागूऔषध प्रयोग गरेर आएकाले सुरक्षाको समस्या बढेको विषयहरु आएका छन्, पालिकामै यसलाई कुन विधिबाट समाधान गर्न सकिन्छ योजना बनाउँछौं’ उनले भने ।

बुटवल पावर कम्पनीको ड्याम साइड करिब ३५ देखि ४० फिट गहिरो भए पनि अहिले भने यो पुरिँदै गएको छ । यहाँ गहिरोभन्दा पनि ड्याममुनि पानीले खोतलेर बनाएको सुरुङ र रडहरुमा ठोक्किएर मानिसको मृत्यु हुने गरेको स्थानीयको भनाइ छ । राम्ररी पौडी खेल्न नजानेहरु टाउकोमा चोट लागेर बेहोस हुने र निस्सासिएर मृत्यु हुने गरेको र पावर कम्पनीले पहिले यो मर्मत गर्ने गरेको भए पनि पछिल्लो समयमा खासै चासो नदेखाएको उनीहरुको गुनासो छ ।

भारतीयमात्रै होइन यी क्षेत्रमा नेपाली युवाहरु पनि डुबेर धेरै जनाको मृत्यु भएको छ । यहाँको भूतखोला, लामीदमार, ड्यामसाइड, रिभर साइडलगायतका क्षेत्रमा पौडिनेहरु बढी जोखिममा परेका छन् ।


प्रकाशित : २०८१ जेष्ठ २९, मंगलवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप