ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

सरकारले यही असार ७ गते ‘विश्व योग दिवस’ मनाउने

काठमाडौं । सरकारले यही असार ७ गते ‘विश्व योग दिवस’ मनाउने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग’ भन्ने आदर्श वाक्यका साथ सरकारीस्तरमै विश्व योग दिवस मनाउने निर्णय गरेको हो ।

बैठकले प्रदेश र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गर्ने निर्णय गरेको छ । विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय इकाइमार्फत विद्यालयलाई अनुरोध गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । योग ध्यानसँग सम्बन्धित संस्थालाई योग ध्यानका कार्यक्रम सञ्चालन गरी दिवस मनाउन अनुरोध गर्ने मूल समारोह समितिले जनाएको हो ।

असार ७ गते हुने मूल कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा एसओएस स्कुल सानोठिमी भक्तपुरको प्रांगणमा र यसको सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई जिम्मेवारी दिइएको छ । मूल समारोहमा उपस्थित हुन नेपालस्थित कूटनैतिक नियोगलाई परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।


प्रकाशित : २०८१ जेष्ठ २८, सोमबार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप