ट्रेन्डीङ्ग
<1 class="tagLists">
लोकप्रिय खबर

दलालको हब बन्यो शंकरदेव क्याम्पस, विद्यर्थी भर्ना गराईदिने भन्दै पैसा असुल्ने समातिए (भिडियोसहित)

ओलीलाई विश्वासको मत दिनुको साटो सांसद पदबाटै राजीनामा दिन उपयुक्त ठहर : अध्यक्ष, युवा संघ नेपाल

कोभिड–१९ बिरुद्धको लडाईमा १० हजार स्वयंसेवक युवा संघ नेपालले परिचालन गर्ने…

ट्याक्टर दुर्घटनामा घाईते सहचालकलाई खोलामा लगेर फाल्ने चालक फरार, अर्का सहचालक समातिए

मन्त्री आलेद्वारा दुःख व्यक्त

युवा शक्ती विभागले सुरु गरे बिरामी तथा कुरुवालाई निशुल्क खाना वितरण अभियान… (फोटो फिचर)

गौरी शंकर राणा को संयोजकत्वमा ७६ सदस्य युवा संघ काठमाडौं जिल्ला कमिटी घोषणा…

मन्त्री श्रेष्ठको पहलमा दुई वर्षदेखि बन्द रहेको मलेसियामा रोजगारी खुल्यो

दुई वर्षदेखि रोकिएको मलेसिया रोजगारी खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक रहँदै आएको मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति दिन पुनः सुरु गर्ने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मलेसिया जाने श्रमिकलाई श्रम स्वीकृति प्रदान गर्ने कार्य करिव दुई बर्षदेखि रोकिएकोमा प्रचलित कानुन अनुसार पुनः सुरु गर्ने मन्त्रीस्तरीय निर्णय गरेका हुन् ।

मित्रराष्ट्र मलेसिया सरकारबाट नेपालीलाई प्राप्त रोजगारीको अवसर गुम्न नदिन प्रचलित वैदेशिक रोजगार ऐन, २०६४ तथा नेपाल–मलेसिया श्रम सम्झौता प्रतिकुल नहुने गरी नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएका मागपत्रलाई श्रम स्वीकृति दिने निर्णय भएको मन्त्री श्रेष्ठले नेपाल प्रेससँग बताए ।

कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिक जान पाएका थिएनन् ।

मलेसिया सरकारबाट विदेशी कामदार लिन सुरु गरेको र सो अनुसार मागपत्र नेपाली कुटनीतिक नियोगबाट प्रमाणिकरण भई आएकोले श्रम स्वीकृति प्रदान गर्ने कार्य पुनः सुरु गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठको भनाई छ ।


प्रकाशित : २०७८ फाल्गुन २९, आईतवार

ताजा समाचार
  • नया शिभिर बिशेष
    थप