काठमाडौं । रुसी राष्ट्रपति उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका छन् । दुई दिने राजकीय भ्रमणमा पुगेका पुटिनलाई उत्तर कोरियाली समकक्षी किम जोङ उनले विमानस्थलमै आएर स्वागत गरेका छन् ।
दुई देशको सुरक्षा, पूर्वाधार, अर्थतन्त्र आदि समेटेर रणनीतिक साझेदारी हुने पनि बताइएको छ । पुटिनले रणनीतिक सन्धिको मस्यौदालाई रुसमै हुँदा अन्तिम रूप दिएका थिए । २४ वर्षपछि उत्तर कोरिया पुगेका हुन् पुटिन । पुटिनलाई उत्तर कोरियाको किम इल सङ स्क्वायर उत्तर कोरियाली सैनिकहरूले परेड खेल्दै सलामी दिएका थिए ।