अमेरिका र युरोपको सहयोगमा रुस सँग यद्ध लडिरहेको यक्रेनमा रुसले आइतबार आफ्नो सबैभन्दा नयाँ र तिब्र मारक क्षमता भएको हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको छ । उक्त आक्रमणले युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको छ।
‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित किन्जल उड्डयन क्षेप्यास्त्र प्रणालीले माइकोलाइभ क्षेत्रमा कोस्ट्यान्टिनिभकाको बस्ती नजिकै युक्रेनी सशस्त्र बलहरूको इन्धन र स्नोतहरूको ठूलो भण्डारण स्थल नष्ट गर्यो’, रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ ।