काठमाडौं । बेलायती सडकमा दक्षिणपन्थी प्रदर्शनकारीहरूले प्रदर्शन गरेका छन् । बेलायती मिडियाको कम प्राथमिकतामा परेको यो खबर रुसी विश्व च्यानल आरटीले प्राथामिकताका साथ प्रकाशन गरेको छ ।
आरटीका अनुसार आप्रवासीविरुद्ध भएको आन्दोलनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । १७ वर्षीय अफ्रिकी आप्रवासीको सन्तानबाट तीन बेलायती बालिकाको हत्या भएपछि प्रदर्शन चर्किएको छ । लिभरपुल, लिड्स, हललगायतका बेलायती सहरमा प्रदर्शन भएको थियो । शनिबारको प्रदर्शनमा ३० जनालाई प्रहरीले पक्राउ गरेको बताइएको छ । बुधबार १०० प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो ।
प्रकाशित : २०८१ श्रावण २०, आईतवार