काठमाडौं । बेल्जियममा दक्षिणपन्थी दलहरूलाई बढावा दिने विधायिकी चुनावको एक महिनापछि पाँच समूहहरू फ्लेमिश कन्जरभेटिभ नेता बार्ट डे वेभरको वरिपरि गठबन्धन सरकार गठनका लागि औपचारिक वार्ता गर्न सहमत भएका छन् ।
एक दशकदेखि डच–भाषी फ्ल्यान्डर्स क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने एन–भिए पार्टीका प्रमुख डे वेभरले बुधबार राजा फिलिपलाई भेटेको र राजाले उनलाई गठबन्धन बनाउन भनेको बताए । बेल्जियममा सामान्यतया गठबन्धन बनाउने व्यक्ति प्रधानमन्त्री बन्ने गर्छ ।वार्तामा अन्य चार दल सहभागी छन् । बेल्जियमको एक सय ५० सिट भएको संसद्मा पाँचै दलले ८१ सिटको बहुमत राखेका छन् । उनीहरुले गठबन्धन सरकार गठनका लागि औपचारिकरूपमा वार्ता सुरु गर्न मङ्गलबार सहमति जनाएका छन् ।
बेल्जियमको जुन ९ को चुनाव भएको थियो । प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रोको निवर्तमान सरकारले संसदीय बहुमत प्राप्त गर्न सकेन । डी क्रो आफ्नो उत्तराधिकारीको नाम घोषणा नभएसम्म कामचलाउ सरकारको नेताका रूपमा कायम रहनेछ । पछिल्लो पटक सन् २०१९ मा भएको मतदानपछि सात दलको गठबन्धनलाई मिलाउन चार सय ९३ दिन लागेको थियो । यो सन् २०१०–२०११ मा भएको पाँच सय ४१ दिनको रेकर्डभन्दा अझै कम हो ।
प्रकाशित : २०८१ असार २७, बिहीबार